कृष्णपुर-४, गुलरिया, कंचनपुर ०९९-४१२०७० [email protected]
०९९-४१२०७० [email protected]
श्री कृष्ण माध्यमिक विद्यालय
slider image
माघ, २०८१ शनिबार माघ, २०८१ शनिबार
Student Area (गृहकार्य, अन्लाईन क्लास, अन्लाईन आवेदन, रिजल्टका लागी यहाँ क्लिक गर्नुहोस)
सूचनाहरु
 

Our History


यो विद्यालय हिउँदे विद्यालयको रुपमा स्थापित भइ वि. सं. २०१७ सालमा राष्ट्रिय प्राथमिक विद्यालय गुलरियाको नाम बाट स्वीकृत भएको हो । गुलरिया पञ्चायत घर निर २०१६/२०१७ साल तिर स्थापना भएको यो विद्यालय २०२३/०२४ साल तिर बालुवा नाला किनारको जग्गामा र २०३१ साल तिर हालको स्थानमा स्थान्तरण भएको हो । यस विद्यालयले २०३५ सालमा निम्न माध्यमिक तह कक्षा ४-७ को स्वीकृति पाएको र २०३९ सालमा माध्यमिक तह कक्षा ८-१०, २०५५ सालमा कक्षा ११ र २०५६ सालमा कक्षा १२ को स्वीकृति  पाएको थियो । प्राविधिक शिक्षा तर्फ २०५९ सालमा CTEVT को Annex कार्यक्रम अन्तर्गत २९ महिने भेटेरिनरी जे. टि. ए. र २०६२ सालमा कृषि जे. टि. ए. का कार्यक्रमहरु स्वीकृत भएका थिए भने वि. सं. २०७० साल देखि डिप्लोमा तर्फ ३ वर्षे बाली विज्ञानको स्वीकृति पाइ पढाइ संचालन भइ रहेको छ भने २०८० साल देखि केही कक्षाहरु अंग्रेजी माध्यम बाट समेत संचालन भइ रहेका छन ।